.

शिक्षा मानव विकास सुचांकको एक खम्बा हो । शिक्षाले हरेक व्यक्तिलाई आत्म निर्भर तथा सभ्य नागरिक बानाउन प्रयास गर्दछ । तसर्थ बाजुरा जिल्लामा शिक्षा क्षेत्रमा भएका समस्या, चुनौतीहरूको खोजी गर्ने प्रयास गरीएको छ । बाजुरा जिल्लामा सामुदायिक विद्यालयमा अनगीन्ति समस्या छन्, चुनौतीहरूका पहाड छन्, समाधानका लागि अनब्रत प्रयासहरू पनि भएका छन् । वास्तबमा जिल्लाको सामुदायिक विद्यालयलको शिक्षा समस्या, चुनौती र सम्वाबनाको समिश्रणका बिच निरन्तरूपमा अगाडी बढीरहेको छ । 

चुनौतीहरू छन्, समस्या पनि आउने गरेका छनः


जिल्लाका अधिकांस विद्यालयको भौतिक पूर्भाधार कम्जोर रहेको छ । जस्ले बालबालिकाहरूको पढाई प्रभावित हुने गरेको छ, भने शिक्षकलाई सिकाउनको लागि कक्षाकोठामा समस्या भोग्दै सिकाईका क्रियाकलापहरू संञ्चालन गरिरहेका छन् । शिक्षाको न्यूनतम मापदण्डमा विद्यालयको भवन पनि एक हो । जहाँ कक्षाकोठा नै नभए कसरी शिक्षण सिकाई क्रियाकलापहरू सञ्चालन गर्न सकिन्छ । 
जिर्ण अवस्थामा रहेको कर्णाली प्रा वि वाईको भवन
कक्षाकोठाको उचित व्यवस्थापन विना कक्षाकोठामा सिकाई क्रियाकलापहरू संचालन गर्न शिक्षक र बालबालिकाहरूलाई गाह्रो हुने गर्छ । शिक्षकले उचित किसिमले शिक्षण सिकाईका क्रियाकलाप सञ्चालन गर्न सकेका हुदैन् भने बालबालिकाहरूले असुरक्षित मस‍हसुस गर्दै धुलाम्य कक्षाकोठामा सिक्न बाद्य छन् । 
अस्तव्यस्त कक्षाकोठाको व्यवस्थापन
विद्यालयमा खाने पानी नभएका कारणले गर्दा बालबालिका र शिक्षकलाई शिक्षण सिकाई क्रियाकलाप गर्न गाह्रो हुने गर्छ । विद्यालयमा स्वच्छ खाने पानीको कुरा छोडौ पानीको पनि व्यबस्था नै छैन । पानीको प्यास मेट्नको लागि बालबालका हरू विद्यालयको पढाई छोडेर पानीको प्यास मेटाउनको लागि विद्यालय भन्दा टाढा जानु पर्छ । 
पानीको पर्खाईमा रहेको बालक

जिल्लाका अधिकांस विद्यालयमा उचित शौचालयको व्यवस्थापन नहुदाँ विद्यालयको पढाई प्रभावित हुने गर्छ । विद्यालयमा शौचालय त छन् तर नत ति शौचालयमा पानीको व्यवस्था छ न बालबालिकाहरूलाई सुहाउदो किसिमको छ । विद्यालयमा शौचालय नहुदा बाबालिकाहरू विद्यालयको पढाई छोडेर कतै जंगल त कतै नजिकको गाउँमा गएर बालबालिकाहरू शौच गर्न बाद्य छन् । बालिकाहरूलाई त झन गाह्रो हुने गर्छ, माद्यामिक तहका बालिकाहरुलाई महिनाबारी भएका बेला विद्यालयमा झनै गाह्रो हुने गर्छ, र विद्यालयनै अनुपस्थित हुने गर्छन् । स्म्णरण रहोस बाजुरा जिल्ला खुला दिशा मुक्त भई सकेको छ । तर खुला दिशा मुक्त महान अभियानले समुदायका सबै शौचालय बने तर विद्यालयका शौचालयलाई भने छुन सकेन् । जिल्लाका अधिकांस विद्यालयका शौचालय अस्तव्यस्त अवस्थामा छन् । 

पाथरकोट निमावि वडिमालिका ५ रिलाको शौचालयको अवस्था

जिल्लाका अधिकांस विद्यालयमा गतिलो शिक्षण विधी नहुने शिक्षक, अभिभावक र बालबालिकाहरू नै बताउछन् । बालबालिकाको मनोभावनालाई नबुझेर ‍नै शिक्षण सिकाई गर्ने गरेको पाईन्छ। अधिकांस विद्यालयमा पढाई क्रियाकलापहरू पाठ सकाउनमा नै सिमित हुन्छ, नकि विद्यार्थीले के सिके भन्ने कुराको ख्याल नै हुदैन । अधिकांस शिक्षकहरूको पराम्परागत शैलीलाई नै मन पराउछन ।  अनन्त विध्यार्थीहरू सिक्नु पर्ने कुरा नसिकेरै माथिल्लो कक्षा जाने गर्छन । 

यस्तै छ यहाको शिक्षण सिकाई क्रियाकलाप अनि शिक्षण विधी

अधिकांस विद्यालयमा उचित भौतिक पूर्भाधार न भएका कारणले गर्दा विद्यालयको कक्षाकोठामा गर्नु पर्ने क्रियाकलापहरू खुला आकासमा नै गर्ने गरिएको पाईएको छ ।
खुला आकासमा परिक्षा दिदै विद्यार्थी
जिविकोपार्जनको लागि भोटेजनजाती समुदायमा मौसमी बसाई सराई गर्ने गर्छन र बालबालिकाहरूलाई आफु संगै लैजाने गर्छन । परिवारै सहित ६ महिना औल र ३ महिना लेक तिर बसाई सरेर जिविको पार्जनको लागि घर बाहिर जाने गर्छन, भोटे जनजाती समुदाय । घरमा बालबालिकालाई छोड्न गाह्रो हुने भएकाले आफुसंगै  उनिहरू विद्यालय जाने बालबालिकालाई  पनि संगै लैजाने गर्छन् । जस्ले गर्दा बालबालिकाहरूले विद्यालयमा अनुपस्थीती त हुने गर्छन,कतिपयले परिक्षा नै दिन पाउदैनन, कतिपय बालबालिकाहरूले विद्यालय नै छोड्ने गर्छन् । 

जिविको ‍पार्जनको लागि औल बसाई सराईमा गएका जनजाती समुदायका परिवार 
कतिपय बालबालिकाहरूका अभिभावकहरू छैनन् त कतिपयका अभाभवक घरमा हुदैनन् , जस्ले गर्दा धेरै जसो बालबालिकाहरूले विद्यालयको समयमा घरमा काम गर्नु पर्ने बाध्यता छ, जसले गर्दा उनिहरूले समयमा विद्यालय जान छुटाउछन् भने कतिपय बेला विद्यालय नै छुटाउछन् । घरको काम गरेर विद्यालय जानेमा बालकको तुलनामा बालिकाहरूको संख्या बढी छ । 


विद्यालयको समयमा घरमा स्याउला संकलन गर्दै बालिकाहरू


घरमा घान  कुट्दै बाकिकाहरू 

विद्यालय समयमा खर्क जादै एक बालक
बाजुरा जिल्लामा अधिकांस जनताहरू गरीबीको रेखा मुनि रहेका छन् ।जिल्लामा जिविकोपार्जनका प्रस्सत संम्भावना छैनन् । जस्ले गर्दा उनि हरू जिल्ला बाहिर गएर जिविकोपार्जनका लागि घर छोड्ने गर्दछन् । घरमा बालबालिका छोडी घरभन्दा बाहिर गएर जिविकोपार्जनका क्रियाकलापहरू संचालन गर्न बाद्य छन यहाँका अधिकांस परिवारका व्यक्तिहरू । जिविकोपार्जनका लागि घर भन्दा बाहिर गएको बेला उनिहरूका बालबालिकाहरूको विद्यालय छुट्ने गर्दछ । 
भारी बोक्दै भरिया

घर खर्चको लागि गिट्टी फुटाउदै महिलाहरू
विभिन्न कारणले गर्दा अधिकांस  बालबालिकाहरूले आफ्ना आमा बाबु तथा परिवारहरू गुमाउन बाध्य छन् । जसले गर्दा उनिहरूले अभिभावकको माया तथा ममता पाएका हुदैन। कतिपय बालबालिकाहरू आफन्त संग छन त कतिपय एक्लै बस्न बाद्य छन् । 

आमा बाबु दुबै गुमायकि पाण्डुसैन कि कल्पना नेपाली ६५ बर्षिया हजुर आमासंग बस्दै आएकि छन्। 

सम्भावना तथा प्रयास हरू 

जिल्लाको शिक्षा क्षत्रको विकास गर्नको लागि विभिन्न पक्षद्वरा जिल्लामा थुप्रै पहलहरू भएका छन् । जस्ले गर्दा जिल्लाको शैक्षिक विकासमा टेवा पुगेको छ । 

आफ्ना नानी बाबुको शिक्षालाई सहयोग गर्नको लागि अभिभावक हरूले घरमा नै बसेर विभिन्न खाले आयआर्जनका क्रियाकलापहरू संचालान गर्ने गर्दछन् । जस्ले गर्दा नानी बाबुको विद्यालय निरन्तरताका लागि सहयोग पुगेको छ ।

घरमा नै आयआर्जन गर्दै पौरखी हात

सामुदायिक बिद्यालयको शिक्षामा सुधार गर्नको लागि समुदाय स्तरमा बिभिन्न खाले संचेतनाका क्रियाकलापहरू संचालन भैरहेका छन् । जस्ले गर्दा समुदाय स्तरमा संचेतनाका अभिबृद्धि भएको छ  भने समुदायमा अभिभावकहरूले बालबालिकाको शिक्षामा सहयोग गर्ने गरिरहेका छन् । शिक्षाको गुणस्तर सुधारको लागी समुदायमा अभिभाबकहरूले अनेकन प्रयासहरू गरिरहेका छन् ।

समुदाय स्तरमा शैक्षिक अन्तरक्रियामा सहभगिहरू
कक्षाकोठाको सिकाई क्रियाकलाकहरूलाई सुधार गर्नको लागि जिल्ला तथा समुदाय स्तरमा शिक्षकको क्षमतद अभिबृद्धि गर्ने खाले क्रियकलापहरू संचालन भईरहेका छन् । जस्ले कक्षाकोठा भित्रमा हुने शैक्षिक सुधारमा लागि सहयोग पुगेको छ ।

शिक्षक तालिम

भौतिक पुर्बाधार बिना शैक्षिक क्रियाकलाकहरू संचालन गर्न गाह्रो हुने गर्छ । बालबालिकाको सिकाई क्रियापलाप स‌ंचालन गर्न सहयोग गर्नको लागि जिल्लामा बिभिन्न निकायले विद्यालयको भौतिक पुर्बाधार विकासको लागि टेवा पुर्याउदै आपका छन । जस्ले गर्दा बालबालिकाहरू सुरक्षितरूपमा सिकाई क्रियाकलापहरू सिक्ने गर्छन ।
नबदुर्गा निमावि कैलाशमाणडौको भवन
विद्यालयको भवनका साथै कक्षाकोठाको बालमैत्री कक्षाकोठा व्यवस्थापनका  कार्य पनि जिल्लाका धेरै विद्यालयमा सुरुवात भएका छन् । विद्यालयको भौतिक सुधारको लागि सहयोगी हातहरूको सहभागितामा वृद्धि भएको छ ।  जस्ले बालबालिकाहरू रमाई रमाई कक्षा कोठामा सिक्ने गर्दछ्न् र बालबालिकाहरूको सिकाईकमा सहयोग पुगेको छ ।

उपयुक्त कक्षाकोठाको वाताबरणमा सिक्दै बालबालिका

कक्षाकोठाको सिकाईलाई सुधार गर्नको लागि शिक्षकहरूले आफुले गरेका राम्रा अभ्यास र कक्षाकोठामा आएका समस्याहरूको एकआपसमा छलफल गरि सिकाई सुधारको लागि प्रयासहरू भईरहेका छन ।  

घूम्ती बैठकमा सहभागी शिक्षकहरू
बालबालिकाको सर्बाङ्गीण विकास गर्नको लागि जिल्लामा प्रयासहरू भैरहेकाछन्, जस्ले बालबालिकाको सिकाईका साथै थक विकासको लागि सहयोग पुगेको छ ।
कक्षाकोठामा रमाउदै बालबालिका

शिक्षामा भएको नगानि तथा उपलब्धीहरूको लेखाजोखा गर्ने परिपाटीको सुरूवात भेएको छ । गुणस्तर सुधारको लागि समिक्षा गरी अभिभावक, र सरोकारवालाको उपस्थीतीमा सार्वजनिक हुनुवाई मार्फत शिक्षा सुधारका प्रयासहरू भएका छन् । जस्ले विद्यालय, अभिभावक, शिक्षक, सरोकारवालाहरूलाई जवाफदेही बनायको छ तथा शिक्षामा भएका लगानीको उपलब्धीसंग समिक्षा गर्ने परिपाटीको विकास भपको छ ।
शैक्षिक गतीबीधीको सुधारको लागि सरोकारवलाहरू छलफल गर्दै जुगाडा गाविसमा


शैक्षिक संवादमा सहभगी सरोकारवालाहरू मानाकोट गाविस
कक्षाकोठाको सिकाईमा सुधारका पर्यासहरू भएका छन् । बालबालिकाको मनोभावना अनुसार शिक्षण गर्ने परीपाटीको विकास धेरै विद्यालयहरूले सुरूवात गरेका छन्, जस्ले गर्दा बालबालिकाहरूको सिकाईमा सुधार ल्याएको छ । बालबालिका र शिक्षकको कक्षाकोठामा हुने क्रियाकलापहरूमा सुधार भएको छ । बालबालिकाहरूलाई बढी भन्दा बढी शिक्षण क्रियाकलापहरूमा सक्रिय गर्ने गरिन्छ, जस्ले गर्दा बालबालिकाहरूको सिकाई स्तरमा सुधर हुनुका साथै दिगो सिकाईमा सहयोग पुगेको छ ।
शिक्षण क्रियाकलापमा सक्रिय बालबालिकाहरू

बालबालिकालाई उपयुक्त सामग्री मार्फत शिक्षण गर्दै शिवशंकर प्रावि ‍बह्रमतोलाका शिक्षक
बालबालिकाहरूको प्रतिभा प्रष्फुटन गर्नको लागि पाठ्यक्रममा आधारीत क्रियापालापका साथै अतिरिक्त क्रियाकलापहरु पनि हुने गरेका ‍छन्, जसले बालबालिकाहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नमा सहयोग गरेको छ ।
अतिरिक्त गतिबीधीमा सहभागि बालबालिकाहरू
खेल क्षेत्रको विकास विना देश विकास अधुरो प्राय हुन्छ, तसर्थ खेल क्षेत्रको विकासको लागि विद्यालय तह बाटै विकास गर्नको लागि समयसमयमा खेलकुदका गतिबधी हुने गरेको छन्, जस्ले गर्दा विद्यालय तहबाटै सुरूवात हुने गरेका छन् ।
राष्ट्रपती रनिङ्ग सिल्डमा सहभगी खेलाडीहरू
शैक्षिक गतीभ‍बीधीहरू विद्यालयमा मात्र सिमित भए बालबालिकाहरूको पढाई संस्कृतीको विकासमा टेवा पुग्दैन तसर्थ विद्यालयका अलवा समुदायमा पनि पढाईका गतिबिधी हुने गरेका छन्, जस्ले बालबालिकाको पढाई संस्कृतीमा विकास गर्नुका साथै समुदाय स्तरमा पढाईको वातावरण तयार भएको छ ।
समुदाय स्तरमा संचालन भएका पढाई गतिबिधीहरूमा बालबालिका

घरमा पुस्तक पढ्दै बालक
शिक्षा समय सुहाउदो हुनुपर्छ, शिक्षालाई अद्यावधी गर्दै जानुपर्छ, नया नया प्रविधीलाई विद्यालयको शिक्षामा प्रबेष गर्दै जानु पर्छ भनि जिल्लाका धेरै विद्यालयले विद्यालय शिक्षमा सुचना प्रविधीको सुरुवात गरेका छन् ।
कम्प्युटर ल्याबमा व्यस्त सरस्वती मावि लम्गाउका  बालबालिकाहरू
बाजुरा जिल्लाको शिक्षा अनेकौ चुनौतीहरू, अनगिन्ती समस्याहरू, अथक प्रयास र सम्भावनाहरूको समिश्रणका बिच रहेको छ । चुनौतीहरूको सामना, समस्याहरूको समाधान, प्रयासहरूको निरन्तरता र सम्भावनाहरूको पहिचान गरी अगाडी बढीरहेको छ बाजुराको शिक्षा । पक्कै पनि मढारीयको बादन भित्र चादीको घेराले चम्किलो मनोमहक सुन्दरता देखिन्छ, त्यसतै जिल्लाको शिक्षामा पनि सुधारको सुन्दर अनुभुती पक्कै हुनेछ । चुनौतीहरूको सामना भएका छन , समस्याहरूको समाधानको लागि सबैको हातेमालो हुने गरेको छ । असल अभ्यासहरूको निरन्तरता हुने गरेको छ, सम्भावनाको खोजी गरी सुधारको प्रयासहरू भैरहेका छन । रातको अध्यारोलाई चिर्दै विहानीको उदयले जसरी सुन्दर दिनको सम्भावना देखाउछ त्यसै गरी बाजुरा जिल्लाको शिक्षामा पनि सुन्दर भविष्यको संकेत गरीरहेकोछ सो पथमा लम्किरहेको छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
VOICE OF RURAL PEOPLE © 2014. All Rights Reserved. Design by Ram Bahadur Rawat
Top