बाजुरा जिल्लाका बालबालिकाहरूका सवाल तथा समस्या
पहिचान गरि बाल संरक्षण र बाल अधिकारको प्रर्वद्धन गर्नको लागि बाजुरा जिल्लाका
सबै गाविसबाट बालबालिकाहरु जम्मा भई बाल भेला सम्पन्न भएको छ । जिल्ला बाल अधिकार
मन्चको आयोजनामा जिल्लामा रहेका बाल अधिकारसंग सरोकार राख्ने निकायहरूको सहयोगमा
भेला सम्पन्न भएको हो । कार्यक्रममा बाजुरा जिल्लामा बालबालिकाहरूले भोगेका
समस्याहरूको बारेमा छलफल भई सवालहरूको पहिचान गरिएको थियो । कार्यक्रमबाट
प्राथमिकरण गरिएका क्रियाकलापहरूलाई जिल्ला विकास समितिको योजना तर्जुमा
प्रक्रियामा समाबेस गरिने छ, जसले गर्दा जिल्लाको योजना तर्जुमा प्रकृयामा बाल
सहभागिता बढाई उनीहरुले नै छनोट गरेका योजनालाई प्राथामिकता सहीत जिल्ला परिषदमा
पेश गर्न जिल्ला भेलाको आयोजना गरिएको हो । बाल सहभागिता विना नै बालबालिकाको
योजना छनोट हुने र बजेट पनि बालबालिकाको माग अनुरुप खर्च नहुने निष्कर्ष सहित
बालबालिका स्वमयलाई योजना छनोट गर्न लगाई बाल सहभागिता र अपनत्व वृद्धी गर्न
कार्यक्रम सञ्चालन गरिएको जिल्ला अध्यक्ष शेरबहादुर रावलले बताउनु भएको छ । जिल्ला
बाल अधिकार मञ्चको आयोजना, जिल्ला विकास समिति, पीसविन, सेभ द चिल्डेन, आरआरएन, एचआरसी, गिफ्ट आईएनएफ लगायतका गैर सरकारी निकायको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो
। जिल्लाका सबै गाविस र नगरपालिकाका बालबालिकालाई बोलाएर समूह कार्य र मतदान
प्रक्रिया बाटै योजना छनोट गरिएको सेभ द चिल्ड्रेनका बाले विश्वकर्माले बताउनु
भएको छ । बाल संरक्षण, बाल सहभागिता र बाल विवाह रोक्नमा बाल भेलाले मद्दत पुग्ने विश्वास सरोकारवाला
निकायले लिएका छन् । कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी कृष्ण शाहीले
बालबालिकाले छनोट गरेका योजनालाई आगामी जिल्ला परिषदको योजना प्रकृयामा समाबेश
गर्ने र परिषदमा प्राथामिकतामा राख्ने बताउनु भएको छ । अध्यक्ष
शेरबहादुर रावलको अध्यक्षतामा सञ्चालन भएको भेलाको प्रमुख अतिथि सहायक प्रमुख
जिल्ला अधिकारी भीमबहादुर शाही रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन पीसविन
परियोजना अधिकृत प्रदीपराज जैशीले गर्नु भएको थियो । कार्यक्रम समापन समारोहमा पीसविन
कार्यक्रम प्रबन्धक जुद्ध रावल, सेभ द चिल्ड्रेनका चेतराज पाध्याय, जिल्ला शिक्षा
अधिकारी नगेन्द्रराज रेग्मी, निमित्त स्थानीय विकास अधिकृत कृष्ण शाहीले बालभेलाबाट
आएका सवालहरूलाई जिल्ला विकास समितिको योजना प्रकृयामा समाबेश गर्नको लागि जिल्ला
विकास समितिले उच्च प्राथमिकता दिनु पर्नेमा आफुहरूले विस्वाश लिएको र परिषदमा
बालबालिकाहरूले उठान गरेका सवाल तथा क्रियाकलापहरूलाई सामाबेश गर्नमा सहयोग गर्न
तथा आफ्नो तर्फबाट कार्यान्वयन गर्नका लागि आफुहरू प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नु
भएको थियो । त्यसैगरी प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटी, नयाँ शक्ति
पार्टीका प्रकाश रावल, एमाले जिल्ला कमिटी सदस्य विनोद कुमार विक र निमित्त प्रमुख जिल्ला अधिकारी
भीमबहादुर शाहीले जिल्ला भेला उपलब्धी मुलक सावित हुने बताउनु भएको छ । उहाहरूले
जिल्लामा मौलाउदै गरेको बाल विवाह, र बाल
संरक्षणका सवालहरू बालबाकिकाले उठान गरेकाले आफुहरूले बालबालिकाहरूले उठान गरेका
सवालहरूलाई कार्यान्वयन गर्ने कुरा राख्नु भयो । कार्यक्रममा दिनभर समूह कार्य र
छलफल तथा अन्र्तक्रिया सञ्चालन गरिएको थियो । कार्यक्रमको सहजिकरण सेभ द चिल्ड्रेनका
बाले विक, पीसविन परियोजना अधिृकत प्रदीपराज जैशी, अञ्जु भट्टाराई र बाल संरक्षण निरीक्षक सागर
कुमार शाहले गर्नु भएको थियो । कार्यक्रम जिल्ला विकास समिति समीक्षालय हलमा
आयोजना गरिएको हो । सोहि अबसरमा बाजुरा जिल्लामा बाल अधिकार
संरक्षण र प्रर्वद्धनमा महत्वपूर्णं योगदान गर्ने ५ जना बाल अधिकार कर्मी सम्मानीत
भएका छन् । जिल्ला बाल अधिकार मञ्चको सातौ जिल्ला स्तरीय बाल भेलाबाट ५ जना अधिकार
कर्मी सम्मानीत बनेका हुन् । सम्मानीत हुनेमा प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटी, बाल संरक्षण
निरीक्षक सागर कुमार शाह, पत्रकार महासंघ अध्यक्ष मदनराज जैशी, पीसविनका कार्यक्रम प्रबन्धक जुद्ध रावल, सेभ द
चिल्ड्रेनका बाले विश्वकर्मा सम्मानीत भएका हुन् । उहाँहरु पाँच जनालाई सहायक
प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले खादा ओढाएर सम्मान गर्नु भएको थियो । भने
बाल अधिकार मञ्चका अध्यक्ष शेरबहादुर रावलले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
सम्मानीत व्यक्तिहरुले सञ्जालले गरेको मूल्याकनले थप जिम्मेवारी पूर्वक काम गर्न
हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments Blogger 0 Facebook
Post a Comment