.


सुन झै हजार चोटी खारे पो जिन्दगी
कुन बेहोसी ले भन्छ हारे पो जिन्दगी ।


गमलामा फुल सार्यौ खासै कमाल के भाे
मरुभुमिमा बिरुवा सारे पो जिन्दगी ।


काल चन्चले छ आफ्नो लहडमा चल्छ
त्यसलाई च्यापी छोपी नारे पो जिन्दगी ।


टाढै कतै बसेर हरदम गिज्याउछ जो
त्यो स्वर्गलाई भुईमा झारे पो जिन्दगी ।


मुर्दा हो त्यो जिउदै जो जसले हार मान्यो
मृत्यू पनि डराएर हारे पाे जिन्दगी ।


जता ततै डढेलो लाग्दा हरियो देख्ने
दोषी नजरको जालो फारे पो जिन्दगी ।


पर्दै नपरी दिक्क दिक्दार जिन्दगीमा
दुर्लभ बनेको चिठ्ठा पारे पो जिन्दगी ।


औला समाती खाेला तार्न सजिलो हुन्छ
तुफान बीचमै डुङ्गा तोरे पो जिन्दगी ।


अर्को जन्म कस्ले देख्यो न देख्न सक्छ
यही जुनिमा बाजी मारे पो जिन्दगी ।


0 comments Blogger 0 Facebook

Post a Comment

 
VOICE OF RURAL PEOPLE © 2014. All Rights Reserved. Design by Ram Bahadur Rawat
Top