.

महिला शिक्षा सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रावधान अनुसार शिक्षा लैगिंक मैत्री हुनु पर्दछ भन्ने कुरा अगाडी सारेको छ, जसले विद्यालय स्तरको शिक्षामा ४ A(Availability, Accessibility, Acceptability, Adaptability)  को आवश्यकतालाई अगाडी सार्दै ICESCR ले सुझाव दिईएको छ । महिला विरुद्ध हुने सवै प्रकारका विभेदहरुको उन्मुलन सम्बन्धि अन्तराष्ट्रिय सन्धी १९७९ले छात्राहरुको बढ्दो विद्यालय छोड्ने प्रवृतिलाई रोक्ने प्रकृतिका शैक्षिक कार्यक्रमहरु संचालन गर्नु पर्दछ  भन्दै वकालत गरेको छ । सबैकालागि शिक्षा कार्यक्रमको ६ वटा लक्ष्यहरु मध्ये लक्ष्य नं ४ ले गुणस्तरिय आधारभुत शिक्षामा बालिकाहरुको पुर्ण सम्मान पहँुचमा जोड दिई  सन् २००५ सम्ममा प्राथमिक तथा माध्यामिक तहमा रहेको लैगिंक असमानता समाप्त गर्ने र सन् २०१५ सम्म शिक्षा क्षेत्रमा लैगिंक समानताको सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । त्यसै गरि समाजमा समयको परिर्वतन अनुसार हुने गरेको सामाजिक परिर्वतन र लैगिंक समानततालाई सम्बोधन गर्ने प्रकृतिका एकिकृत शैक्षिक कार्यक्रम रणनिती गर्ने कुरा डकार सम्मेलन २००० ले सम्वोधन गरेको थियो । विद्यमान लैगिंक असमानतालाई शिक्षाको सबै तहबाट निर्मुल पार्ने भन्दै सहस्राब्दी विकास लक्ष्य २०००को लक्ष्य नं. २ ले अगिंकार गरेको छ । यसै लक्ष्यलाई पुरा गर्नका लागि नेपाल सरकारले प्राथमिक तहमा छात्र र छात्राको अनुपात १.०, माध्यामिक तहमा छात्र र छात्राको अनुपात १.० शिक्षित महिला र पुरुषको अनुपात १.० पुर्याउनको लक्ष्यका साथ सुचांकहरु निर्धारण गरि कार्यक्रम संचालन गरिएका छन् । त्यसै गरि नेपाल सरकारको महत्वाकांक्षि योजना विद्यालय क्षेत्र सुधार कार्यक्रमले बालिका शिक्षाका लागि निम्नानुसारका कार्यक्रम हरु अधि सारेका छन् ।
बालबालिकाका लागि विद्यालय स्तरको शिक्षा प्राप्त गर्न अनेकौ किसिमका बाधा अवरोधहरु पुरागर्दै अगाडी बढ्नु पर्ने हुन्छ । जसले गर्दा कतिपय बालिकाहरु विद्यालयमा हुने कठिन वाताबरणलाई स्वीकार्दै आफ्नो पढाईलाई निरन्तरता दिनका लागि समस्याहरुलाई सहनु पर्ने बाध्यता हाम्रो यथार्थ हो । बालिकाहरुका लागि विद्यालयल स्तरको शिक्षा आर्जन गर्नका लागि अनेकौ किसिमका अवरोधहरुलाई पार गर्नु पर्ने हुन्छ । जसले गर्दा बालिकाहरु विद्यालय छाड्ने दर वृद्धि उच्च भएको यर्थात हाम्रा सामु छताछुल्ल देखिन्छ । जस मध्ये विद्यालयका हरेक बातावरणहरु मध्ये विध्यालयको भौतिक संरचना पनि बालिका मैत्री नहुदा दिनानु दिन बालिकाहरुलाई विद्यालय स्तरको पढ्न पाठन क्रियाकलापमा कठिन हुदै गएको छ ।
विद्यालयका हरेक भौतिक संरचनाहरु बालमैत्री हुन त आवश्यक नै छ, भने त्यसमा पनि लैगिंक मैत्री हुनु अझ अति नै जुरुरी छ, जसले गर्दा बालिकाका लागि विद्यालय स्तरको पढनई पुरा गर्न सहज हुने देखिन्छ । विद्यालयका भौतिक संरचनाहरु मध्ये शौचालय अव्यवस्थित भएका कारणले कतिपय छात्राहरु विद्यालय स्तरको पढनपनढन पुरा गर्न नसकिरहेको अवस्था छ भने कतिपय दुरव्यावहारको शिकार भएका छन् ।
विद्यालयमा शौचालय हुनु जति आवश्यक देखिन्छ त्यति नै लैगिंक मैत्री हुनु अझ बढि आवश्यक छ । विद्यालयमा शौचालय लैगिंक मैत्री नभएका कारणले बालिकाहरु दिनानु दिन अनेको अप्ठ्याराहरु झेली रहेका छन् भने अर्को तिर कक्षाकोठामा सिकाई प्रक्रियामा नै असहजता उत्पन्न भएको महसुस उनिहरुले गरेका गरेका हुन्छन् । साथसाथै सिकाई प्रक्रियामा तनाव सृजना भएको हुन्छ र उनिहरुले आफ्नो सिकाई प्रक्रियालाई सक्रिय बनाउन सकिरहेका हुदैनन् ।
बालिकाहरुका लागि विद्यालय स्तरको उमेर भनेको जोखिम अस्थाको उमेर हो  जुन बेला उनिहरुलाई हरेक ठाउमा उपयूक्त किसिमको वातावरण सृजना नहुदा बालिकाहरुले तय गरेको लक्ष्य पुरा गर्न कठिन हुने देखिन्छ, भने जोखिमको स्थीति बढ्दै जान्छ । विद्यालयका हरेक क्रियाकलाप लैगिंक मैत्री हुन आवश्यक हो भने शौचालय अपरिहार्यता ।
हाम्रो जस्तो सामाजिक, साँस्कृति ककुरितीले जेलिरहेको समाजमा विद्यालयमा बालिकाहरुलाई महिनावारी भएको बेला विद्यालय आउनमा कठिनाई हुने गर्दछ । यसमा एक त साँस्कृतिक कुसंस्कारले समाज देखि विद्यालय सम्म जेलिरहेको छ भने अर्को तिर विद्यालयको भौतिक संरचनाले पनि बालबालिकालाई यस अवस्थामा समस्या खडा गरिरहेको छ । जसले गर्र्दा अनन्तः उनिहरु विद्यालय छोड्न बाध्य हुन्छन् ।

विद्यालयमा बनाईने हरेक भौतिक संरचना लैगिंक मैत्री हुनु आवश्यक मात्र नभएर अपरिहार्यता रहेको छ । त्यसमा पनि विद्यालयको शौचालय महिला मैत्री भएन भने एकातिर छात्राहरुले विद्यालयको पढाई छोड्ने गर्दछन् कित पढाईमा बाधा उत्पन्न हुने गर्दछ । यस्तो किसिमको वातावरणलाई न्युनिकरण गर्नका लागि विद्यालयमा लैगिंक मैत्री शौचालय निमार्ण गर्न आवश्यकका साथै अपरिहार्यता देखिन्छ 

0 comments Blogger 0 Facebook

Post a Comment

 
VOICE OF RURAL PEOPLE © 2014. All Rights Reserved. Design by Ram Bahadur Rawat
Top