प्रदिप राज जोशी
प्रारम्भिक बाल बिकास केन्द्रमा बाल बिकास, बाल सिकाई र
प्रयोगको अबस्थालाई निहाली हेर्ने हो भने
हाम्रो परिबेशमा सुगा रटाई भएको अबश्य हो, तर बाल बिकास केन्द्रमा बाल बालिकाहरुको चौतर्फि
बिकास (शारिरीक, मानसिक, संबेगात्मक र सामाजिक बिकास) गर्नका लागि बिभिन्न विधि
र तरिकाहरु अप्नाउन सकिन्छ र र बिभिन्न
प्रयोगद्धारा संचालन समेत भईरहेका छन् । तर बालवालिकाहरुले कति बुझे भन्ने नाप्ने
विधि तथा तरिकाहरु भने फरक फरक रहेको पाईन्छ
। बालवालिकाहरुमा सिकाईबाट आएको
परिबर्तनको तथ्यगत आधार एउटा हुनै पर्छ त्यो थाहा पाउन हामीले काम गर्नै
पर्छ तब मात्र कसरी सिकाई प्रक्रियालाई प्रभावकारी बनाउन सकिन्छ र बालबालिकाहरुको
सिकाई प्रक्रियालाई प्रभावकार बनाउन सकिन्छ भन्ने कुरा महत्व हुन्छ । नेपालमा हाल
रहेका छत्तिस हजार बढि बाल बिकास
केन्द्रहरु यसै पेरीफेरीमा ज्ञान दिन संचालनमा रहेका छन् ।
अब हामी सबैको प्रमुख बिषय भनेकै बाल बिकास
केन्द्रहरुमा प्रारम्भिक साक्षरता र गणितीय सिप दिन जरुरी छ किनकी बालवालिकाहरुले
पूर्व सिकाई गर्ने बिषय भनेकै भाषा हो भाषा,आफ्नो हुन्छ जो स्थानिय रुपमा
बालवालिकाहरुले बोल्ने वा सिकेको भाषा नैहो चाहे मैथलि होस्,अंग्रजि होस्,उर्दु होस् या नेपाली जे
सुकै भएपनि जे मा बालवालिकाहश्रेरुले सिकीरहेका छन् । परिभाषामा जाने हो भने प्रारम्भिक बाल बिकास भनेको गर्भाबश्थादेखि
८ बर्षको बालवालिकाहरुको शारीरिक,मानसिक,संबेगात्मक तथा सामाजिक पक्षको समष्टीगत संस्कृति तथा नैतिक
क्षमतामा हुने परिपक्वता तथा क्रमिक बिकास
हो । यो अबधिमा बालवालिकाहरुले सिक्ने
सिकाई बढी प्रभावकारी हुने भएकाले
यही समयमा बालवालिकाहरुलाई राम्रोसंग सिकाउनका लागी आबश्यक बातावरण तयार गर्न समेत
पर्ने भएकाले नै बालवालिकाहरुका लागी बाल बिकास,सक्रिय शिक्षणसिकाई,सक्रिय सिकाई,बाल सुलभ पढाई तथा
ब्यबस्था,बाल
मैत्री,बाल
केन्द्रीत शिक्षण जस्ता शब्दावलिहरुको प्रयोग भएको पाईन्छ । यो शब्दहरु
बालवालिकाहरुको सिकाई बृद्धि गर्ने उत्प्रेरक शब्दहरु मान्न सकिन्छ ।
बाल बिकास केन्द्रहरुमा प्रारम्भिक साक्षरता र
गणितीय सिप अबको आबश्यकता महसुस भएको बिषय हो सबै ज्ञानात्मक तथा चौतर्फि बिकासका
कुराहरु सिकायौं, आदर सत्कार, शारिरीक बिकासका क्रमहरु, बौद्धिक रुपमा हुने ज्ञानका कुराहरु, सामाजिक संस्कृतिक पक्षहरुलाई
जानकार बनायौं तर साक्षरता र गणितका
बिषहरु समाबेश गरी कक्षा संचालन गरेपनि यि दुबै पक्षलाई संगै लिई घनिभुत रुपमा भाषा सिकाई र गणित को सिकाईलाई जोड
दिनमा हामी सबैको कमजोरी भएको हो नै । हामीहरुले प्रारम्भिक बाल बिकासको
पाठ्यक्रममा जोड्न नसक्नाले बालवालिकाहरु गित गाउने,नाच्ने रमाने,सामान्य शिष्टाचार गर्ने
भए तर भाषागत बिकास र गणित सिप बिकास बृद्धि नभएकै हो त्यसैले पुर्व प्राथमिक
कक्षामा बिद्यार्थीले थप एक दुई बर्ष बसि क ख एक दुई सिक्नु पर्ने लेख्न्ुपर्ने
मार खप्नुपर्ने बाध्यता आईलाग्यो । सामान्य रुपमा अक्षर लेख्न सक्ने समेत भएनन्,अबको पालो त्यातातिरको
हुन जरुरी महसुस भएको छ । यि दुईवटा बिषयहरुलाई संगैं नलिदा हामीले सोच राखेको
चौतर्फि बिकास अधुरो भएको हामी कसैलाई थाहा भएन । बालवालिकाहरुको सिकाईका लागी
बाधक भएको वा लुकेको कुराहरु कुराहरु नत हामीले थाहा पायौं नत सहयोगीले नै ।
त्यसैले अबको बाटो भनेको बाल बिकास पाठ्यक्रमले तोकेका पाठ्यबस्तुहरुसंगै यि कुराहरुलाई
जोडेर लैजाने हो ।साक्षरता र गाणित सिप बिकासलाई बिषयबस्तुमा कसरी
जोड्ने ?
हामीले बाल बिकास केन्द्रहरुमा कक्षा संचालन गर्दै
छौं भने बालालिकाका लागी ध्यान पुर्याउन जरुरी छ । बाल बिकास पाठ्यक्रम २०६२ ले
तोकेका सात वटा बिषयबस्तु र २५ वटा उपशिर्षक भित्रका बिषयलाई पाठ योजनाका आधारमा
साक्षरताका पञ्च तत्व र प्रारम्भि गणितको पञ्च तत्वहरुलाई छोड्नै मिल्दैन
यिनिहरुलाई छोडेमा बालवालिकाहरु सिक्नबाट बञ्चित भई सिकाई अधुरो हुन जान्छ । मानौं समय भन्ने एउटा बिषय बालवालिकाहरुका लागी
सिकाउँदै छौं भने त्यो बिषय सिकाउन प्रारम्भिक साक्षरता का पञ्च तत्वहरु सुनाई
बोलाई सिप, अक्षर ज्ञान, ध्वनिको ज्ञान, छापा र संकेत, किताबको ज्ञान र प्रारम्भि गणितको
पञ्च तत्वहरु ज्यामितीय ज्ञान, नाप तौल र तुलनाको ज्ञान, बर्गिाकरणको ज्ञान, ढाँचाको ज्ञान, संख्या र गणनाको ज्ञान
लाई पुर्ण बनाउने खाले योजना बनाएमा र सोही अनुसारका सामग्री तयारी र कक्षा शिक्षण
तथा बालवालिकाहरुसंग प्रस्तत भएमा बालवालिकाहरुको सिकाई बृद्धि हुने र
बालवालिकाहरुले भाषा र गणितको सिप बिकास भई पूर्व प्राथमिक शिक्षाका लागी पुर्ण
तयारी गर्न सकिन्छ ।
त्यही माथी उल्लेखित समय भन्ने बिषयलाई पढाउनुपर्ने
वा सिकाउनु पर्ने हो भने माथी उल्लेखित दुई वटा क्षेत्रका पञ्चतत्वहरु पुरा गर्नमा
समयलाई भाषामा,समयलाइृ गणितमा,समयलाई सामाजिकमा,समयलाई बौद्धिक बिकासमा,समयलाई शारिरिक बिकासमा,समयलाई संबेगात्मक तरीकाको
बिषयबस्तुको सिकाई चक्र हुदै श्रृङखलाबद्ध सिक्षण सिकाईको बिषहरु सामाजिक बिकास,बिज्ञानको बिकास,गणितको बिकास,भाषा र सिर्जना का
कुराहरुले कहाँनेर सम्ममा सहयोग गरेको बारेमा जानकारी लिएमा र सोही अनुसार
केन्द्रमा सकाहरुले कक्षा संचालन गरी अक्षरको ज्ञान दिनका लागी सामान्य केरकार
गराउन सिकाएमा राम्रो र यसै अभ्यासबाट बालवालिकाहरुले सिक्दै जाने र
पाठ्यक्रमले तोकेको समय तालिका तथा कक्षा
संचालनका लाग ितोबिएका बिषय बस्तु भित्र भाषा र गणितको कुराहरुलायृ नछुटाई लगेमा
बालवालिकाहरुले दुई बर्षको समयमा बालवालिकाहरुले अक्षर चिनारी तथा लेखन तथा
शाक्षरता कार्यमा तयारी भई पूर्व प्राथमि कक्षाका लागी समेत तयार बनाउन सकिने
हुन्छ ।
श्रृङखलाबद्ध सिक्षण सिकाईको बिषहरु भित्र प्रबश
गर्दा हामीले सोच गरेका बिषयहरुको सिकाईमा बृद्धि भयो या भएन बुझ्न जरुरी हुन्छ ।
अब शिक्षण गरीने हरेक बिषयबस्तुहरुमा साक्षरता तथा गणित का बिषयहरु शिक्षण गरीएमा
बाल बालिकाहरुले बाल बिकास केन्द्रदेखि नै भाषा बिकास तथा गणित बिकासमा सिकाई
प्रबुत्वता हून जान्छ । पाठ्यक्रमले तोकेका बिषयहरुको अधिनमा रहि हामीले जति सुकै
क्रियाकलापहरु गराँउछौं ति सबैमा गणित र साक्षरता सिप भाषा को बिषयहरुलाई जोड्न भने
बिर्सिनुहुादैन । यस कार्यलाई स्थानिय परिबेश अनुसारको आफ्नो अनुकुलतालाई अधारमानि
समेत शिक्षण गर्न सकिन्छ । बालबिकास केन्द्रहरुमा सिकाई कुना वा सिकाई क्षेत्र हरु
आबश्यकता अनुसार बढाउन समेत सकिन्छ पाठ्यक्रमको भाग २ को बुदा नं. १ शैक्षिक
लक्ष्य को बुदा नं.६ र ७ मा भाषा र गणितको कुराहरु राखिएको र भाग २ को ४.२ को
बिषयगत सिकाई उपलब्धि क्षेत्र भित्र साक्षरताका ५ वटा तत्वहरु समाबेश गरीएका भएपनि
क्रियाकलापगत रुपमा प्रयोग भने भएको थिएन । यसलाई प्रयोगात्मक रुपमा अगाडी लिई
केन्द्र संचालन गर्ने सहजकर्ताहरु तथा बाल बिकास केन्द्रहरुमा काम गर्ने सबै संध
संस्थाहरुले अगाडी लैजाने हो भने यसको प्रभावकारीता मा बृद्धि हुन गई
बालवालिकाहरुमा सिकाईको अबश्थामा समेत सुधार जान्छ र बालवालिकाहरुमा भबिश्यमा
पर्ने मारको जोखिम अहिलेबाट नै न्युनिकरण गर्न सकिने यो मन्त्र हो ।
साक्षरता(भाषा) सीप र गणितीय सिप समुदायमा कसरी
लैजाने ?
अब सबै सचेत बर्गले समुदाय स्तरबाट नै बाल बिकासको
महत्वलाई बढावा दिदै आफ्नो आफ्नो ठाउँबाट लाग्नुपर्ने जरुरी रहेको छ । सरकारले
कानून बनाएको छ तर कार्यानवयनको अबश्था
कमजोर रहेको छ जसका लागी सच्चा नागरीक खबरदारीका साथै सकारात्मक सहयोग गरी घरमा
तथा घर बाहिर बालवालिकाहरुका लागी पढ्ने र बालवालिकासंगै पढ्ने योजना बनाउन जरुरी
देखिएको छ । हामीले बितेका कालहरुमा बालवालिकाहरुका लागी गर्दे आएका राम्रा
बिषयहरु,कथा
भन्ने प्रचलन तथा राम्रा संस्कृतिहरुलाई धेरै बर्ष पछि फेरी जोड्नुपर्ने भएको छ ।
जो कामहरु हामी अहिले समेत गरीरहेका छौं केही कामहरु त दैनिक कार्यहरु हामी ससबै
अभिभावकहरुले गरीरहेका छौं तर
बालवालिकाहरुका लागी भने सोच बनाएका छैनौं ।
अब प्रत्येक चुलो चौकोमा बालवालिकाहरुका लागी कथा
कहानी,बाल
बिकास केन्द्रमा बिग बुक मा सम्बन्धित बिषय पाठ्यबस्तु अनुसारको ठुलो अक्षरमा कथा
बनाई सकाहरुले शिक्षण गर्नुपर्ने र बाल बिकास केन्द्र रहेका समुदायमा यसका बारेमा
अनुशिक्षण गरेमा मात्र प्रभावकारी हुन गई सिकाईमा बृद्धि हुन पुग्ने छ । हाम्रा
घरभित्र भएका गणितिय घारणा दिने चिज बस्तुहरुद्धारा नै पहिलो शिक्षण आमा बुवाले नै
गर्नुपर्ने बारेमा अभिभावकलाई अझ अनुशिक्षण गर्न सबै सरोकारवालाहरुको काम समेत
आएको देखिन्छ । हाम्ै घर वरपर तथा घर भित्र रहेका आधारभुत चिज बस्तुद्धारा वा
अबलोकनद्धारा तथा घर भित्र र वाहिर प्रयोग भएका छापिएका छापाको अबधारणा एचष्लत भ्लखष्चयलmभलत ,अक्षरसंग खेल्ने,बालवालिकाहरुका लागी
पढ्ने र बालवालिकाहरुसंग पढ्ने कुराहरुलाई निरन्त्रता दिएमा बालवालिकाहरुको
साक्षरता सिप तथा गणित सिप बृद्धि हुने देखिन्छ । अबको जोड अभिभावकहरुले समेत बालवालिकाहरुलाई घरमानै सिकाउने सिकाउँदा दुबै
पक्षलाई मध्यनजर गरी सिकाउन सकेमा र हाम्रै घरमा भएका चिज बस्तुहलाई नै पाठ्यबस्तु
मानेमा हामीले बालवालिकाहरुलाई घरमा नै बिज्ञान,गणित,भाषा,सामाजिक परिबेश,संसकृतिक बारेमा सिकाउन
सक्छौं मानौं तरकारी खाने कचौरामा नै बालवालिकाले सिक्ने सबै पक्षहरु छन्
केछन् भन्दा कचौरा कहाँ बनेको होला? यसको मुल्य कति होला ?यो गोलो या लाम्चो छ
कस्तोछ ? यसमा
कती पानी अटाउँछ?यसको रङ्ग कस्तो छ? यो केका लागी प्रयोग गरीन्छ? यो कहाँबाट किनेर ल्याएको हो?
यसको मुल्य कति
पर्यो होला जस्ता बिषयमा बालवालिकाहरुसंग प्रश्न गर्ने र उत्तर दिने गरेमा
साक्षरता बिकास र गणित सिपलाई थप बढावा गर्नमा सहयोग पुग्छ ।
लेखकः पीसविन बाजुरामा शिक्षा अधिकृत हुनुहुन्छ
0 comments Blogger 0 Facebook
Post a Comment