सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पीसविन बाजुराद्धारा संचालित युवा सशक्तिकरण परियोजनाको आयोजनामा सोमबारबाट मार्तडीमा लघु उद्यम विकास सम्बन्धि ५ दिने तालिम सुरु भएको छ ।
पीसविन केन्द्रिय कार्यसमिति महांसचिव लालवीर नाथको अध्यक्षतामा संचालन भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका कार्यालय प्रमुख नरवहादुर खड्का रहनु भएको हो । भने विशिष्ट अतिथिमा सेभ द चिल्ड्रेन जिल्ला कार्यक्रम अधिकृत प्रेम पुन रहनु भएको थियो ।
कार्यक्रमको उद्घाटन समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै निमित्त कार्यक्रम प्रवन्धक राम बहादुर रावतले जिल्लामा लघु उद्यमको क्षेत्रमा पीसविनले विभिन्न सरकारी तथा गैर सरकारी संघ, संस्थाहरुले क्षमता विकास सम्बन्धि तालिमहरु संचालन गरिरहेको र आगामि दिनहरुमा पनि साझा योजना तथा सहकार्य सहित कार्यक्रम संचालन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै सेभ द चिल्ड्रेनका जिल्ला कार्यक्रम अधिकृत प्रेम पुनले बालबालिका र युवाहरुको जीवन स्तरमा परिवर्तन ल्याउनकालागी राष्ट्रिय स्तरमा नै गरिरहेको र आगामि दिनहरुमा पनि महिला, बालबालिका, युवा र उत्पीडित वर्गहरुको उत्थानको लागि कार्य गरिरहने घारणा समेत व्यक्त गर्नु भएको छ ।
कार्यक्रमका विशिष्टि अतिथि एवं घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, बाजुराका कार्यलय प्रमुख नरवहादुर खड्काले लघु उद्यम तथा जीविकोपार्जनको क्षेत्रमा पीसविन बाजुराले जिल्लामै उल्लेख्य काम गरेको र जिल्ला स्तरमा समन्वय, सहकार्य र पारदर्शीताको क्षेत्रमा पनि राम्रो भएको धारणा व्यक्त गर्नु भएको छ । साथै राम्रो काम गर्न युवाहरुलाई घरेलुले पनि सहयोग गर्ने, साथै उद्यमीलाई प्रर्वद्धन गर्न घरेलुले विभिन्न खालका क्षमता विकास सम्वन्धि कामहरु संचालन गरिरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने धारणा व्यक्त गर्नु भएको छ ।
उद्घाटन कार्यक्रमका अध्यक्ष एवं पीसविन केन्द्रिय कार्यसमिति महाँसचिव लालवीर नाथले सियो आफैमा तिखो हुन्छ र यसलाई अझ तिखो वनाउने काम तालिमले गर्ने भएकाले तालिम लिने सहभागिहरुले आफैले नै यसको सदुपयोग गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको छ । रेडियो बाजुराको तालिम हल र रोयल होटेमा सञ्चालन भएको तालिमको सहजिकरण विकास सुपरभाइजर खडकराज जैशी, धना विष्ट, सेभद चिल्डेका कार्यक्रम अधिकृत प्रेम पुन, पीसविन बाजुराका कार्यक्रम संयोजक धर्मबहादुर रोकाया, घरेलु विकास समितीका उद्योग अधिकृत नरबहादुर खड्काले तालिमको सहजिकरण गरिराख्नु भएको छ ।
तालिममा युवा सशक्तिकरण परियाजना लागु भएका जिल्लाका १२ वटा गाविसहरु छतारा, तोली, बाह्वीस, गुदुखाती, ब्रह्मतोला, वडिमालिका नगरपालिकाको बुढीगंगा र जुगाडा क्षेत्र, पाण्डुसैन, कोटिला, जगनाथ र वाई गाविसका ५० जना युवा, युवतीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन संयोजक धर्मबहादुर रोकायाले गर्नुभएको हो ।

Good news.
ReplyDelete