तिमीले पगरी गुथ्छाै
र पाे पुजारी बन्छु
तिमीले श्रीपेच पहिराउछाै
र पाे राजा बन्छु
तिमीले अधिअधि लाउछाै
र पाे अगुवा बन्छु
तिमीले सदस्यता थमाउछाै
र पाे नेता बन्छु
तिमीले प्रस्तावक बसि दिन्छाै
र पाे प्रत्यासी बन्छु
हरेक पल पलमा
तिमीले दिने उपमा,
तिमीले दिने अलंकारले,
तिमीले दिने मानपदवी,
तिमिले दिने, साहास,
म केहिन न केही बनी रहन्छु
उल्टै भन्छाै आजभाेली
तिमी त
पुजारी बन्याै,
राजा बन्याै,
अगुवा बन्याै,
नेता बन्याै,
प्रत्यासी बन्याै
त्याे त म भन्छु
तिम्राे भ्रम हाे,
तिम्राे ईश्रया हाे,
तिम्राे छट्पटी हाे,
तिम्राे डाहा हाे,
तिमी जे सुकै कदम चाल
म तिमीले दिने हरेक उपमा हाेईन
हेर जुन सुकै नजरले,
साेच जुनसुकै बिचारले,
पछ्याउ जुनसुकै पथले
म म नै हाे
मेराे आफ्नाे विश्वास छ,
मेराे हिड्ने आफ्नै पथ छ,
मेराे आफ्नै ईमान छ,
तिमीले जुनसुकै आवरण लेपे पनि
0 comments Blogger 0 Facebook
Post a Comment