.

 


समाजमा हुने वालविवाह रोक्न बाल क्लब सक्रिय देखिएको छ । जिल्लाको तिलागुफा नगरपालिका वडा नं १० मा गठित बाल क्लबले सानै उमेरमा विवाह गर्दा बालबालिकाको शैक्षिक, मानसिक र स्वास्थ्यमा असर पर्ने भन्दै वालविवाह रोक्थाममा सक्रियता देखिएको हो ।

बालविवाहको बर्तवान अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक तिलागुफा नगरपालिका वडा नं १० रुडुमा शनिवार आयोजित बालकचहरीमा वोल्दै बाल क्लबकी अध्यक्ष कमला उपाध्यायले २० वर्षभन्दा कम उमेरमा विवाह नगर्न विद्यार्थी र समुदायका अभिभावकलाई सचेत गराउन थालेको बताउनु भयो ।

विद्यालय तहमा पढ्ने किशोरकिशोरीले विवाह गरेर अध्ययनलाई निरन्तरता दिन नसक्ने, अपरिपक्व उमेरमा गरेको विवाह छिट्टै सम्बन्ध विच्छेदमा परिणत हुने र सानै उमेरमा बच्चा जन्माउँदा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले बालविवाह नियन्त्रण गर्न जोड दिएको उहाँको बताउनु भयो ।

पढ्ने उमेरमा विवाह गर्ने समस्या जटिल रुपमा देखिएकाले त्यसलाई नियन्त्रण गर्न अबिभावकले आफ्नो वालवालिकालाई सुजाउन सकेको खण्डमा वालविवाह रोकिने अध्यक्ष उपाध्यायको भनाई थियो ।

कार्यक्रममा बोल्दै क्लबका सदस्य प्रविन ढकालले वालविवाह हुनुमा सरोकारवालाहरु नै अग्रसर भएको गुनासो गर्नु भयो । उहाँले वालवालिकाको क्षेत्रमा छुट्याईने बजेट नितिमा मात्रै भएको र आफुहरुले प्रत्यक्ष प्रयोग गर्न नपाएको पनि गुनासो गर्नु भयो ।

बिद्यालयको भौतिक संरचना प्रयाप्त नभएको र शिक्षकहरुको पनि नियमितता नभएको भन्दै त्यस तर्फ ध्यान दिन सरोकारवालाहरु लाई उहाँले  अनुरोध पनि गर्नु भयो ।

बाल क्लबको गुनासोलाई सम्बोधन गर्दै तिलागुफा नगरपालिका वडा नं १० का वडा अध्यक्ष मुन बहादुर थापाले वालविवाहको अन्ते, गुणस्तरिय शिक्षा प्राप्तीका साथै निशुल्क आधारभुत शिक्षा हासिल गर्न पाउनु वालवालिकाको अधिकार भएकाले आफ्नो वडाले त्यसको कार्यन्वयन गदै जाने वताउनु भयो् ।

संबिधानमै आधारभुत तहको शिक्षा निशुल्क हुने भनेकाले कानुन अपुरो नभएको वरु कार्यन्वयन गर्ने निकाय कम्जोर हुदा र गरिव मुलुक भएकाले समस्या भएको वताउनु भयो् । उहाँले नेपालको संबिधान २०७२ को मौलिक हकमै वालअधिकार शुनिश्चीत गरिएकाले कानुनी अभाव भन्न नमिल्ने वताउनु भयो् ।

यस्तै तिलागुफा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नरेन्द्र रोकायाले पहिलाको तुलनामा सुधार हुदै गएको भन्दै वालविवाह गर्ने र गराउने ब्यक्तिको वारेमा सुचना दिन अनुरोध गदै सुचना पाएमा कानुन अनुसार कार्वाहीका लागि स्थानीय सरकार पछि नपर्ने वताउनु भयो् । कति वर्ष भएर बिवाह गरेको हो भन्ने बारे जानकारी लिन खोज्दा दुवै पक्षले उमेर पुगेको भनेर टार्ने र समस्या आएपछि घटना बहिरीने समस्याले गाह्रो भएको वडा अध्यक्ष रोकायाको भनाई थियो ।

कार्यक्रमा बोल्दै सेभ द चिल्ड्ेनका जिल्ला संयोजक बाले बिश्वक्रर्माले वालविवाहकै कारणले घरेलु हिन्सा वढ्ने र वालविवाहले पछि सम्म असर गर्ने भएकाले अविभाक लगायत सम्पुर्ण सरोकारवालाहरुले सचेत हुन आग्रह गर्नु भयो ।

उहाँले सानो उमेरमा हुने बिवाह नै पछि सम्वन्ध बिच्छदको कारण वन्दै आएकाले वालविवाह रोक्नु नै उपयुक्त हुने वताउनु भयो् ।

मुलुकी देवानी तथा फौजदारी संहिता २०७४ मा भएको ब्यवस्थाका वारेमा अबिभावकलाई जानकारी गराउन सके मात्र वालविवाह रोक्न सकिने पनि उहाँले वताउनु भयो् । वालविवाह गर्दा हुने सबै खाले नकारात्मक असरका वारेमा जानकारी गराउन सक्नु नै उपलब्धी हुने उहाँको भनाई थियो ।

बालविवाहको बर्तवान अवस्था र सरोकार
वालाहरुको भूमिका बिषयक आयोजित बालकचहरीमा वालविवाह न्युनिकरण, गुणस्तरीय शिक्षा, बालश्रम, बालहिंसा, बालमैत्री संरचना लगायतका १५ बुद्धे प्रतिवदता पत्रमा सरोकारवालाहरुले हस्ताक्षर गरेका थिए ।

तिलागुफा नगरपालिका वडम नं १० को आयोजना, सेभ द चिल्ड्ेन, बिर्डाक नेपालको सहयोमा र महादेव माध्यमिक बिद्यालय रुडुको समन्वयमा आयोजित वालकचहरीको ज्वाला खबरले सहजिकरण गरेको थियो ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
VOICE OF RURAL PEOPLE © 2014. All Rights Reserved. Design by Ram Bahadur Rawat
Top