ताली ताली ताली
बजाई देउन ताली, नाच्न खेल्न मन लाग्छ
नगर्नु है गाली, हात मुख धौ हामी सवै मैल
फाली भन्दै यो गीत गाउँछन पाण्डुसैन—६
गुइदेलीका बालबालिकाहरु । शनिवार बेलुकी ५ बजेको समयमा गाउने यी बालबालिकाहरु
कालाजग्रा पढाई विकास केन्द्रका सहजकर्ता लाल बहादुर विकको स्वार संगै रमाउँछन् ।
हात हल्लाई हल्लाई नाच्न थाल्छन् ।
काला जग्रा पढाई
विकास केन्द्रमा अध्ययन गर्न आउने दिपेस धामी भन्छन् —शनिवार पनि नजानेको कुरा पढ्न पाउँदा साहै
खुसी छु । गीत गाउँन पाएको छु । स्कुलमा पढाई हुने विषयमात्र नभई अरु कथा कविताका
किताव पनि पढ्न पाएकै छु । झन यता त हात मुख कसरी धुने र नङ काट्न पनि सिक्न मौका
पाएको छु । उनी नजिकैको कैलाश प्राथमिकविद्यालयमा कक्षा ३ मा पढ्ने छात्र हुन् ।
सेभ द चिल्डेन र
पीसविन एकिकृत परियोजना बाजुरा जिल्लाका १२ गाविसमा लागू भए संगै पाण्डुसैन ६ मा
२०७२ महिनाबाट यो पढाई विकास केन्द्र स्थापना गरिएको हो । केन्द्रको रेकडमा १७
केटा र १६ केटी गरी ३३जनाले नाम दर्ता गराएको भएपनि नियमित आउने भने १९ जना मात्रै
छन ।
सोही केन्द्रमा
पढ्ने पार्वती वोहरा पनि साहै खुसी देखिन्छन् । उनी भन्छन् —छन्चरवार पनि पढ्न पाएकी छु । पहिला पहिला
त घाँस र दाउरा जानु पथ्र्यो । आजकाल त विहान जता गएपनि दिउसो टाला घोइमाग्छु ।
अनि यहाँ आउछु । स्कूलमा नजानेको कुरा पनि सरलाई सोध्ने मौका पाएँ । “स्कुलमा नजानेको कुरा सिकाई माग्न जाँदा सर
भेटिनु हुदैन थियो । टिउसन पढाई माग्नका लागि रुपियाँ नाई” उनले भनिन । उनी पनि ...विद्यालयमा कक्षा ३
मा पढ्छीन् ।
जिल्लाकै सिकाई
उपलव्धी दर ४३प्रतिशत मात्र छ । सिकाई उपलव्धी घरमा वृद्धि गर्नको लागि विद्यालयको
पढाईले मात्र बृद्धि हुन सक्दैन । घर परिवार र समाज पनि बालबालिकाको पढाई विकास
एवं सुधारमा लाग्न अत्यान्तै जरुरी छ । गाउँमा नै योग्य एवं प्रतिवद्ध स्थानीय
सहजकर्ताको विकास गरेर उनीहरुलाई पनि सिकाई उपलव्धी दरमा वृद्धि गराउन सकिन्छ र
सवैको सहभागितामा एवं सहयोगमा मात्र शैक्षिक गुणस्तर ल्याउनको लागि पढाई विकास
केन्द्रको सुरुवात गरिएको कुरा पीसविका प्रदिप राज जोशी बताउनु हुन्छ ।
उहाँ भन्नु हुन्छ— पाण्डुसैन गाविसमा पीसविनले ९ वटा पढाई
विकास केन्द्र स्थापना गरेका छन्् । जिल्लाका अन्य स्थानमा पनि संचालन गरेका छौ ।
विद्यालयमा पनि निरन्तर मुल्याकन प्रणाली लागू गरेर रिमिडियल कक्षा पनि संचालन
गरेको बताउनु हुन्छ ।
त्यसै गरी
पाण्डुसैनका अभिभावक हरिचन्द्र वोहारा पनि पढाई विकास केन्द्र संचालन भएकोमा खुसी
छन् । शनिवारका दिन खेल्ने मात्र बानीले कपडा च्यातेर ल्याउने । बढी फोहर हुने र
पढ भन्दा नमान्ने छोराछोरी आजकाल शनिवारको दिन ४ बज्यो कि पढाई विकास केन्द्रमा
जान्छन् । पहिला पहिला स्कुनमा जाउँ भने पनि मान्दैन थिए । आजकाल त शनिवार पनि जान्छन
। स्कुलमा पनि गयल हुदैन । शनिवारको पढाईले त बालबालिका सुधार गर्ने औषधि नै भएको
बताउछन् । घरमा पनि पढ भन्नै पर्दैन । असल बानीको विकास भएको छ । पहिलाको
भन्दा पढाई भन्दा बानी व्यवहारमा पनि सुधार आएकोमा टोल टोलमा पनि स्थापना गर्नु
पर्ने कुरामा जोड दिन्छन् ।
पढाई विकास
केन्द्र स्थापना भएकोमा कैलाश प्रा वि. पाण्डुसैन ५ का शिक्षक धन बहादुर लुहार पनि
पीसविनलाई धन्यवाद दिन्छन् । घरमा अभिभावकले चासो दिने गरेको र शनिवारमा पनि पढाई
हुने गरेकाले कमजोर विद्यार्थी पनि पढाईमा सुधार गर्दै गएकाछनु । पहिला कक्षा ३ मा
पुगेका बालबालिकालाई वाह्रखरी भन्न मुस्किल हुन्थ्यो । आजकाले त जादु नै
भएको छ । पढाई विकास केन्द्रमा जाने बालबालिका अरु बालबालिका भन्दा सझा पनि
देखिन्छन् । किताव भन्दा बाहिरका कुरा पनि जान्ने भएका छन् । शुक्रबासरीय
कार्यक्रममा पनि भाग लिने गरेको छन् । गाउँनमा पनि सिपालु छन् । समुदायको सक्रियता
भयो भने पछि मात्र सिकाई उपलव्धी दरमा सुधार आउने कुरा प्रमाणित नै गरेको छ, पढाई विकास केन्द्रले ।
कालाजग्रा पढाई
विकास केन्द्रका सहजकर्ता लाल बहादुर वि.क पनि आफुले पाएको ज्ञान दिन पाएकोमा
मुसुक्क हाँस्दै आफु भविश्यमा शिक्षक बन्ने योजना बनाएको बताउछन । बाल बालिकाको अभिरुचीका बारेमा जान्ने मौका मिल्यो ।
जानेको सिप व्यवहारमा उतार्ने मौका मिलेकोमा उनी पनि पीसविनलाई वधाई दिन चाहान्छन्
। उनी भन्छन—मेरो पनि समयको सदुपयोग
भयो । खाली बसेको थिए । बाल बालिकाकाको सिकाईमा सुधारका लागि पढाई विकास केन्द्र
गाउँमा स्थापना हुनु राम्रो हो । तर पढाउनका लागि राम्रो व्यवस्था छैन । पालमा
बसाउदा चिसो छ । हिउदको महिनामा त पढाउनै सकिएला जस्तो छैन । पढाउनका लागि सेतो
पाटी र मार्कर भएको भए अझै राम्रो हुन्थ्यो । पीसविनलाई पनि कति भन्ने । अव गाउँ परिषदमा
भन्नुपर्लाकी भनेर सोचेको छु भन्छन् सहजकर्ता लाल बहादुर वि.क. ।
राज्यले शैक्षिक
क्षेत्रमा आवश्यक पर्ने नीति र नियम भएपनि कार्यान्वयनमा भने त्यति जोड दिएको
पाइदैन । जिल्ला शिक्षा कार्यालय पनि अनुगमन र मुल्याङ्गन गर्न सक्षम छैन ।
गैहसरकारी निकायको नेतृत्व लिनै सक्दैन वरु बढीकाममा लगाएकोमा इश्र्या गर्ने गरेको
अभिभावकहरुको गुनासो छ । काम मुखी र परिणामुखी भन्दा पनि बजेट र भक्ता मुखी भएको
अरोप लगाउँछन् ।
0 comments Blogger 0 Facebook
Post a Comment